सत्तारुढ नेकपा एमालेलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निणर्य





काठमाडौं, १५ असार- सत्तारुढ नेकपा एमाले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निणर्य गरेको छ। मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई २०७५ जेठ २ गते फर्काउने निणर्य गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठकसमेत बोलाउने निणर्य गरेको प्रवक्ता ज्ञवालीले बताएका छन् ।


माधव नेपाल समूहले माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने अडान राखेको थियो । सर्वोच्च अदालतले पनि महाधिवेशन आयोजक कमिटीको वैधानिकतामा प्रश्न उठाएपछि पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निणर्य भएको हो ।



