घट्यो सुन चाँदीको मूल्य

Dadeldhura hospital

काठमाडौं- सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आजका लागि छापावल सुनको मूल्य एक लाख १३ हजार २०० र तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५० रुपैयाँ कायम भएको छ ।

आइतबार एक लाख १३ हजार ७ सय रुपैयाँमा छापावाल सुन, एक लाख १३ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य आज एक हजार ३६० रुपैयाँ कायम भएको छ । आइतबार एक हजार ३८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

 

Navadurga sun
Godawari sandesh
Loading...