कञ्चनपुरमा सहकारी चोरी गरेको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरको एक सहकारीबाट रुपैँया चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। बुधवार राती दोधारा चाँदनी नगरपालिका–२ मा रहेको चाँदनी कृषी सहकारी संस्था लिमिटेडबाट पाँच लाख ५१ हजार ७१८ रुपैयाँ चोरी भएको थियो।

सोही चोरीको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका–१ का २६ वर्षीय अमृत सार्की र भीमदत्त नगरपालिका– १२ ऐरी गाउँका २३ वर्षीय सुन्दर टमटालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दोधरा चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होमप्रकाश चौधरीले बताए।

Navadurga sun

दुवैजनालाई शनिवार भीमदत्त नगरपालिका –४ मदनचोकबाट पक्राउ गरिएको थियो। पक्राउ परेका दुवै जनाको साथबाट नगद दुई लाख तीन हजार ८८० रुपैँया र तीन थान मोबाइल फेला परेको इन्चार्ज प्रहरी निरीक्षक चौधरीले बताए।

ADD Khali jpg
Loading...