नदिमा डुबेर एक किशोरको मृत्यु

कञ्चनपुर, १५ असार- कञ्चनपुरमा नदिमा डुबेर एक किशोरको मृत्यु भएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं. १ बस्ने १५ वर्षीय करन सुनारको सोमबार बेलडाँडी गाउँपालिका वडा नं. ५ झिलमिला स्थित चौधर नदिमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

सोमबार बिहान करिब ९ः४५ बजेको समयमा चौधर नदिमा नुहाउने क्रममा उनी बेपत्ता भएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्कीको कमाण्डमा ७ जना र पानीमा खोज तथा उद्धार (गोताखोर) सहितको टोलीले उक्त स्थानमा ४/५ घण्टा पानीमा खोजतलास गर्दा सोमबार अपराह्न ४ बजेको समयमा उनी मृत फेला परेका हुन् ।

Navadurga sun
Godawari sandesh

चौधर नदिमा अन्दाजी २०/२५ फिट तल भुमरीमा काठ तथा तारको जालीमा फसिरहेको अवस्थामा शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए ।

Loading...