डडेल्धुरा बजार क्षेत्रको घरमा स्काइभेटर र डोजर चल्यो

हरिश चन्द/डडेल्धुरा, २३ कार्तिक- डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रको सडक फराकिलो बनाउने अभियान अन्तर्गत बागबजार क्षेत्रको घर र छाप्रा भत्काउन अमरगढी नगरपालिकाले स्काइभेटर र डोजर चलाएको छ ।

नगरपालिकाले सडक क्षेत्रमा पर्ने घर छाप्राहरू हटाउन पटक-पटक जारी गरेको सूचनालाई अटेरी गरेको भन्दै स्काइभेटर र डोजरको प्रयोग गरि घर भत्काएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सडक विस्तारको क्रममा डडेल्धुरा बजारमा पर्ने घरहरुमा नगरपालिकाले स्काइभेटर र डोजर लगाएर हटाएको छ । नगरपालिको पटक पटक सूचना जारी गरि सडक क्षेत्रमा पर्ने घरहरू हटाउन गरेको आग्रहलाई बेवास्था गरेपछि बाध्य भएर हटाउनु परेको वडा नम्बर ५ का अध्यक्ष टंक बहादुर क्षेत्रीले जानकारी दिनु भयो ।

कैलाली देखि डडेल्धुराको बसपार्कसम्म ५० मिटर र डडेल्धुरा बसपार्क देखि दार्चुलासम्म ३० मिटर राजमार्गको चौडाइ रहेको राजपत्रमा उल्लेख छ । सडक साघुरो भएका कारण यहाँको जनजिबन प्रभाबित मात्रै होईन बिपरित दिशाबाट दुई ठुला सवारी साधन आउँदा जाम हुने र दुर्घटनाको निकै जोखिमता रहदै आएको थियो ।

बिगत लामो समय देखि सडक फराकिलो बनाउने डडेल्धुरेली जनताको सपना बल्ल मुअब्जा लिएर मात्रै पुरा हुने क्रममा छ । झण्डै ६० करोड भन्दा बढी यहाँका घरधनी र जग्गा धनीहरुले मुअब्जा लिएपनि सडक खाली गराउन आलटाल गरेपछि स्काइभेटर र डोजर चलाउन बाध्य भएको अमरगढी नगरपालिकाले जनाएको छ ।

Loading...