देउवाले भने– जनता र अदालतप्रति पूर्ण विश्वास छ

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सरकारप्रति आक्रोश व्यक्त गर्दै आफूलाई नेपाली जनता र अदालतप्रति पूर्ण विश्वास रहेको बताएका छन्।

हङकङबाट फर्किएलगत्तै निवासमा जम्मा भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले विगतमा पूर्वराजा ज्ञानेन्द्रको शाही आयोगविरुद्ध पनि कानुनी लडाइँ लडेको स्मरण गरे। उनले आफू र आरजु राणालाई पक्राउ नगर्न अदालतले आदेश दिएको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायले पनि कुनै समस्या नरहेको उल्लेख गरे।

Navadurga sun

देउवाले नेपालमा जनता नै मालिक भएको बताउँदै संविधानसभाको पहिलो बैठकले गणतन्त्र स्थापना गरेको स्मरण गरे। उनले भने, “जनताले जे भन्यो त्यही हुन्छ। अदालतप्रति मलाई पूरा विश्वास छ।”

उनले वर्तमान परिस्थितिमा पनि नेपाली जनता र अदालतले न्याय दिने विश्वास व्यक्त गर्दै आफूहरू त्यसको सामना गर्न तयार रहेको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...