लागुऔषध सहित एक जना भारतीय पक्राउ

Dadeldhura hospital

धनगढी– कञ्चनपुरबाट लागुऔषध सहित एक भारतीय पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११ हेल्डिङ सेन्टर रहेको स्थानबाट भारतको उत्तराखण्ड चम्पावत मिना बजार बस्ने धमेन्द्र सिँह सोमवार पक्राउ परेका हुन् ।

यूके ०३ बी ८२६९ नम्बरको मोटरसाइकलमा नेपाल आउने क्रममा उनी ९ दशमलव ३३ ग्राम लागुऔषध सहित पक्राउ परेका प्रहरीले जनाएको छ । खैरोहिरोइन सहित उनी पक्राउ परेका हुन् । उनको साथबाट एक थान मोटरसाइकल र एक थान मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...