सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

धनगढी, १४ असार- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक वजेट आज पारित भएको छ । सभामुख थापाले हुन्छ भन्ने भन्दा हुन्न भन्ने संख्या न्यून रहेकाले बजेट बहुमतले पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरे ।

Dadeldhura hospital

बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी र नेकपा एमाले केपि शर्मा ओली पक्षका प्रदेश सभा सदस्यहरुले बजेट पारितको विपक्षमा आवाज उठाएका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। चालुतर्फ १० अर्ब ६६ करोड ९० लाख तीन हजार रुपैयाँ र पुँजिगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको मन्त्री शाहले बताए ।

Loading...