नेपाली टिममा एक परिवर्तन, दीपेन्द्र प्लेइङ ११ मा

काठमाडौं- आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले सेमिफाइनलमा पुनरागमन गरेका छन् । उनी सन्दिप जोराको स्थानमा प्लेइङ ११ मा परेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

पहिलो खेलमा सिंगापुर विरुद्ध प्लेइङ ११ मा रहेका दीपेन्द्र खेलअघि वार्मअपका क्रममा घाइते भएपछि तीनवटै खेल गुमाएका थिए । दीपेन्द्रको एंकलमा चोट लागेको थियो । उनले यो प्रतियोगिता सबै गुमाउने सम्भावना थियो । तर बिहीबार ओमान विरुद्धको खेलअघि उनी मैदानमा आएका थिए र नेटमा प्राक्टिस पनि गरेका थिए ।

Navadurga sun
Godawari sandesh

उनको अनुपस्थितिमा अलराउण्डर विवेक यादवले समूह चरणमा तीनवटै खेल खेलेका थिए । विवेकले ओमान विरुद्ध समूहको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ३९ रन बनाएका थिए ।

१४६ रनको लक्ष्य पछ्याउँदा अन्तिम ओभरमा जितका लागि नेपाललाई २६ रन चाहिएको बेला विवेकले बिलाल खानलाई सुरुको तीन बलमा लगातार छक्का हानेर नेपाललाई जित नजिक पुर्याएका थिए तर उनले खेल फिनिस भने गर्न सकेनन् ।

Couple
Loading...