कैलाली र कञ्चनपुरबाट सातलाख बढीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट ७६ हजार ३ सय बराबरको लेडिज सुट, उनी स्वीटर, प्लाष्टिकका माला, धनगढी–२ भन्सार रोड नजिकबाट ४० हजार ३ सय २० बराबरको चिनी, चप्पल, पित्तलको दियो, घण्टी, सप्तरंगी टिका लगायतका सामान र भजनी नगरपालिका–५ लखरैयाबाट १२ हजार मूल्य बराबरको पोटास गरि जम्मा १ लाख २८ हजार ६२० मूल्य बराबरको सामान बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उता कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोके बजार स्थित गुम्बा नजिकबाट ७६ हजार ७ सय बराबरको लेडिज सुट, जेन्स कुर्ता सुरुवाल, लेडिज उनी स्वीटर लगायतका सामान नियन्त्रणमा लिएको छ।

Navadurga sun

यस्तै भीमदत्त नगरपालिका वडा नम्वर-४ को गल्ली नम्बर–५ स्थित रहेको बसन्त जोशीले संचालन गरेको महाकाली एग्रोभेट पसलबाट अबैध रुपमा भन्सार छली ल्याएका पाँच लाख पचास हजार मूल्य बराबरको डि.ए.पि.मल, युरिया मल, कोपीला पशु आहार, धनियाको बिउ लगायतका सामान बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...