शुक्लाफाँटाका किसानलाई अनुदानमा आलुको बीउ वितरण

कञ्चनपुर– व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ । आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले १ सय २० किसानलाई १ सय क्विन्टल आलुको बीउ वितरण गरेको हो ।

Ganyapdhura gau

वडा कार्यालयले तीन वर्ष देखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न किसानको नाम छनोट गरी पठाएपछि सोही आधारमा आलुको बीउ वितरण गरिएको कृषि विकास शाखका प्रमुख करन सिंह बुढा ऐरले बताए । ‘छनोटमा परेका नगरपालिकाको १२ वटै वडाका ८ किसानलाई १ क्विनटलका दरले आलुको बीउ वितरण गरेका छौँ’, उनले भने, ‘वडाका २ जना किसानलाई आलुको मूल बीउ १ सय ५० दानाका दरले वितरण गरिएको छ ।’

Navadurga sun
Dadhaldhura pur

शिलबन्दी दरभाउ पत्र अनुसार खरिदकर्ताको छनोट गरी आलुको बीउ खरिद गरी किसानलाई वितरण गरिएको शाखा प्रमुख बुढाऐरको भनाइ छ । किसानलाई कार्डिनल, डिजिरे, जनकदेव, एमएस, खुमलटार रातो आलुको बीउ वितरण गरिएको छ । आलुको बीउ खरिदका लागि र ३ लाख ६१ हजार रकम खर्च गरिएको छ ।

नगरपालिकाको वडा नं ३ को पिपलाडी, जोनापुर, वडा नं २ को लक्ष्मीपुर, वडा नं ४ को असैना, वडा नं ६ को कसरौल, वडा नं ८ को बेलडाँडी, वडा नं ९ को नौखरी, वडा नं ११ को कलुवापुर र वडा नं १२ को कालागौंडी क्षेत्रका किसानले व्यावसायिक रूपमा आलुखेती गर्दै आएका छन् । सबै भन्दा बढी बेलडाँडी, जोनापुर, पिपलाडी क्षेत्रका किसानले आलुखेतीलाई व्यावसायिक रूपमा गर्दै आएका छन् ।

कृषि विकास शाखाका अनुसार नगरपालिका क्षेत्रमा २ सय हेक्टर क्षेत्रफलमा उन्नतजातको आलुखेती हुने गरेको छ । जसको उत्पादन प्रतिहेक्टर ११ मेट्रिक टन रहेको छ । उन्नत जातको आलुखेती सँगै नगरपालिकामा १ सय हेक्टर क्षेत्रफलमा स्थानीय जातको आलुखेतीलाई किसानले निरन्तर रूपमा अगाडि बढाउँदै अएका छन् । जसको उत्पादन ६ दशमलव ५० मेट्रिक टन हुने गरेको छ ।

आलुखेतीलाई विगत एक दशक देखि निरन्तर रूपमा व्यावसायिक रूपमा गर्दै आएका नगरपालिकका वडा नं ३ का किसान चेतराज चौधरीले नगरपालिकाले अनुदानमा आलुको बीउ वितरण गरेर किसानको हौसला बढाएको बताए । कृषि ज्ञान केन्द्रले पनि प्रत्येक वर्ष नगरपालिका क्षेत्रमा स्थानीय जातको आलुखेती गर्ने किसानलाई अनुदानमा आलुको बीउ र प्रविधिमा सहयोग पुर्‍याउँदै आएको छ । जिल्लामा सबै भन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रूपमा शुक्लाफाँटा नगरपालिका परिचित रहेको छ । (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...