चोरी मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

Dadeldhura hospital

अत्तरिया– कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ तेघरीका ३६ वर्षीय रक्किल मगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले सोमवार घरको ठेगानाबाट फेला पारी पक्राउ गरेको बताएको छ ।

जिल्ला अदालत कैलालीले चोरी मुद्दामा २०६७ असार ३१ गते ११ हजार २ सय ५० रुपैँया जरिवाना र १ महिना कैद सजाय तोकेपछि उनी फरार रहेका थिए । उनलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...