धनगढीबाट लागूऔषधसहित पाँच जना पक्राउ

धनगढी- धनगढीबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ बङग्राकटानबाट ७ सय २० मिलिग्राम लागूऔषधसहित धनगढी–७ मनेहराका २१ वर्षीय नरेश राना र धनगढी–१७ पथरियाका १९ वर्षीय हितेश राना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुबैजनालाई पक्राउ गरेको बताएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

यस्तै धनगढी उपमहानगरपालिका–२ जुगेडाबाट ३ सय ९० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका २८ वर्षीय राकेश भट्टसहित तीन जना पक्राउ परेका छन्।

Navadurga sun
Godawari sandesh

अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेलापारी पक्राउ गरेको हो। कैलाली प्रहरीका अनुसार पाँचै जनालाई बुधवार साँझ पक्राउ गरिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

Couple
Loading...