लायन्स क्लब अफ अत्तरिया सिटीको अध्यक्षमा हमाल





अत्तरिया, १२ असार- लायन्स क्लब अफ अत्तरिया सिटीको वर्ष २०२१/०२२ को अध्यक्षमा योगेन्द्र हमाल चयन भएका छन। मंगलबार साँझ बसेको क्लबको बैठकले अत्तरियामा रहेको जनकल्याण सेकेन्डरी स्कुलका सञ्चालक हमाललाई अध्यक्षमा चयन गरेको हो ।


क्लबले बुधबार एक औपचारीक कार्यक्रमका बिच वर्ष २०२०/०२१ का अध्यक्ष डम्बर कडायतले नवनिर्वाचित अध्यक्ष योगेन्द्र हमाललाई पद हस्तान्तरण गरेका हुन् ।



यसैगरी क्लबको प्रथम उपाध्यक्षमा कमल कडायत र द्धितिय उपाध्यक्षमा दिनेश बोहरा चयन भएका छन । यस्तै क्लबको तृतिय उपाध्यक्षमा रविन्द्र खनाल, सचिवमा तेज खड्का र कोषाध्यक्षमा धर्म देव नौन्याल चयन भएका हुन् ।
लायन्स क्लबका जोन चियर पर्सन तथा लायन्स क्लब अफ अत्तरिया सिटीका पुर्व अध्यक्ष यज्ञराज जोशीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका विशिष्ठ अतिथि निवर्तमान अध्यक्ष प्रमोद अधिकारी रहेका थिए ।
क्लबको वर्ष २०२०/०२१ का द्धितिय उपाध्यक्ष कमल कडायतले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सोही वर्षका सचिव रविन्द्र खनालले गरेका थिए ।



