कैलालीमा चार लाख बढीका सामान बरामद

धनगढी- कैलालीमा विभिन्न स्थानबाट चार लाख बढीका सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको हो। धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट अबैध रुपमा भारतबाट भन्सारछली ल्याएका अन्दाजी मूल्य ५३ हजार बराबरको लेडिज सुट, धोती, रेडिमेड ब्लाउज लगायतका सामान धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सारबाट अन्दाजी ३७ हजार मूल्य बराबरका चिनी, लेडिज सुट, मैदा, मिश्री लगायतका सामान बरामद गरिएको छ।

यस्तै कैलालीकै गौरीगंगा नगरपालिका–१ चौमाला बजारबाट अन्दाजी १ लाख ४८ हजार मूल्य बराबरको लेडिज सुट, लेडिज कुर्ती लगायतका सामान र लम्कीचुहा नगरपालिका-१ लम्कीबाट अन्दाजी २ लाख ३ हजार मूल्य बराबरको जेन्स सुट, लेडिज सुट लगायतका सामान गरि जम्मा अन्दाजी ४ लाख ४१ हजार मूल्य बराबरको सामानहरु बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...