अत्तरियाका युवा भोज साउँदले चरित्र हत्या भएको बताउँदै पत्रकार सम्मेलन

अत्तरिया, ११ असार- अत्तरियाका युवा भोज साउँदले गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिह साउँदलाई जोडेर आफ्नो चरित्र हत्या गर्ने काम भएको बताएका छन् । केही दिन पहिले सामाजिक संजालमा आफ्ना बिषयमा लागेको आरोप बारे प्रष्ट पार्न आज अतरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

क्षेत्रिय शहरी विकास आयोजना अन्र्तगत चालु आर्थिक बर्ष २०७७/०७८ को स्वीकृत बजेटमा गोदावरी नगरपालिका वडा नं. २ को एकान्त टोलको रिङ रोड देखी गेरे खोला सम्म ढल निकासका लागि नाली निर्माणमा स्थानियहरु आफै सहमत नहुदाँ समस्या आएको उनले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

पत्रकार सम्मेलनमा बोल्दै उनले सो नाली निर्माणका लागि २० लाख रुपैया मात्रै आएपनि सामाजिक सजालमा ३६ लाखको योजना नगरप्रमुखले आफ्नो भाईको खेतमा लगेको भनि झुठा खबर आएकाले यसमा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् । उनले २० लाखमा ढल निकासका लागि आएको भएपनि बाकिँ रकम र बजेटको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको बताए । नाली निर्माण उपभोक्ता समितीका अध्यक्ष रहेको साउँदले यसमा नगरप्रमुखको कुनै संलग्नता नभएको र आफूले पनि कुनै दम्ब देखाएर आफ्नो ब्यक्तिगत खेलमा नलगेको बताएका छन् ।

Dadeldhura hospital

“सामाजिक संजालमा आएजस्तो त्यस्तो केही भएको होइन र यसमा नगरप्रमुखको पनि कुनै भूमिका छैन, बजेट शहरी विकास हो, कार्यन्वयन गर्ने हामी टोलबासी र उपभोक्ता समितीले हो साउँदले भने, “तर केही स्थानियहरु नाली निर्माण गर्ने बेलामा समय समयमा बोली फेर्दै काममा बाधा अबरोध मात्रै गर्न थालेपछि आएको बजेट फिर्ता जानुभन्दा सोही बाटोको अन्तिम बिन्दुमा जोडिने नेपाल सरकारको २० फिट बाटो रिङ रोडवाट हामीले काम सुरु गरेका हौ ।”

साउँदले नाली निर्माण गर्नुपर्ने जिरो प्वाइन्टमा पर्ने केही घरधनीहरुले आफ्नो संरचना भत्काउन नदिने, जग्गा नदिने र बजेट फ्रिज गए जान्छ हामीलाई योजना पनि चाहिदैन भनेर अडान राख्न थालेपछि रिङ रोडवाट काम सुरु गरिएको बताए । पटक-पटक स्थानियहरु बिच सहमती गरेर योजना सफलता पूर्वक अगाडी बढाउने भनेर उपभोक्ता समिती लागेपनि आर्थिक बर्षको अन्तिममा आएर पनि सहमति नजुट्दा बाध्य भएर अन्तिममा समितीको बैठक बसी निणर्य सहित काम अगाडी बढाएको बताएका छन् । बाहिर हल्ला भएजस्तो आफ्नो खेतमा हालेको नभई केही स्थानियहरुले आफु र नगरप्रमुखकको बदनाम गर्ने किसिमले मिडियाबाजी गरेको उनको भनाई छ ।

उनले अहिले आफ्नो स्वार्थ राखेर सो बाटोमा पहिलो बिन्दु रहेको निरंकारी मण्डलले आफ्नो पर्खाल बनाइदिनुपर्ने लिखित रुपमा लमसुक बनाएपछि सोही ठाउँवाट काम सुरु भएको बताए । आफुले पछि वडा नं २ का अध्यक्ष कृष्णराज जोशी, वडा सदस्य कमल कडायत र स्थानियहरुलाई राखेर छलफल गर्दा सुरु देखी नै अडान राख्दै आएको निरंकारी मण्डले आफ्नो पर्खाल बनाउनुपर्ने भनेर लिखित रुपमा कागज बनाएपछि मात्रै सो ठाउँमा काम सुरु गरिएको बताए ।

त्यसैगरी स्थानियहरुको दबाबमा पुरानै ठाउँवाट काम हुने भन्ने कुरा पनि गलत रहेको बताउदै उनले जग्गा दिने सहमती भएपछि मात्रै सो ठाउँमा काम सुरु गरिएको बताए । त्यसैगरी सोही पत्रकार सम्मेलनमा बोल्दै एकान्त टोल सुधार समितीका अध्यक्ष लाल बहादुर बिकले यो सबै समस्या र विवाद सोही टोलमा रहेको निरंकारी मण्डलले गरेको बताएका छन् । निरंकारी मण्डलले नाली निर्माणका क्रममा आफ्नो पर्खाल भत्किने र आफुले जग्गा नदिने बताएपछि विवाद उत्पन्न भएको उनको भनाई छ । उक्त योजनाको अनुगमन समितीका संयोजक समेत रहेका बिकले सामाजिक संजालमा अध्यक्ष साउँद र नगरप्रमुखका बिषयमा अनआवश्यक प्रचार गरेको बताए ।

निरंकारी मण्डलले कहिले बाटो दिन्छौ काम गरौ भन्ने कहिले हुन्न भन्ने हामीहरुले काम सुरु गर्नै लाग्दा हुदैन भनेर अडान लिएपछि केही स्थानियहरुलाई राखेर समितीको निणर्य बमोजिम सोही बाटोको अन्तिम बिन्दुवाट काम अगाडी बढाइएको कुरा पत्रकार सम्मेलन मार्फत जानकारी गराए । उनले सत्यतथ्य नबुझि सामाजिक संजालमा आएको कुरा सबै गलत भएकाले कसैलाई पनि भ्रममा नपर्न अनुरोध गरे । पत्रकार सम्मेलनमा उपभोक्ता समितीका पदाधिकारी सहित केही स्थानियहरु सहभागी रहेको थिए । उक्त योजना जेठ २४ गतेदेखी सुरु गरेर असार २५ गते सम्म पुरा गर्नुपर्ने हो ।

Loading...