उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गरिँदै

कञ्चनपुर- कञ्चनपुरको एक चिनी मिलले उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधी जडान गरिरहेको छ। पुनर्वास नगरपालिका– २ दशरथबस्तीमा रहेको भागेश्वर सुगर एण्ड केमिकल प्रालिले उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गर्न लागेको हो।

गत साउनमा सिमरी नदीमा आएको वाढीमा उद्योगले केमिकलयुक्त पानी मिसाइदिँदा धान र उखु खेती नष्ट भएको किसानले आरोप लगाएपछि उद्योगले आधुनिक प्रविधिबाट पानी शुद्धीकरण गर्न लागेको हो। त्यसका लागि उद्योगले पानी प्रशोधन प्लान्ट जडान गरिरहेको छ।

Navadurga sun

भागेश्वर सुगर एण्ड केमिकल प्रालिका अधिकृत डम्बरबहादुर खड्काले उद्योगबाट निस्किने पानी प्रशोधनका लागि प्लान्ट जडान भइरहेको बताए। ‘पहिले पनि हामीले उद्योगबाट पानी प्रशोधन गर्दै आएका थियौँ,’ उनले भने, ‘किसानले उद्योगलाई आरोप लगाउन थालेपछि आधुनिक प्लान्ट जडान गरिरहेका छौँ।’

आधुनिक प्लान्ट निर्माण भएसंगै उद्योगबाट निस्किएको फोहोरो पदार्थ वर्गीकरण गरेर बाहिर निस्किने पानी सिंचार्ई गर्न समेत सकिने अधिकृत खड्काको भनाइ छ। ‘हामीसंग पहिले पनि थियो, तर अहिले हामीले आधुनिक प्रविधियुक्त मेसिन जडान गरेका छौँ,’ उनले भने, ‘अब यो पानीबाट सिँचाई गर्दा पनि हुन्छ।’ उनले उद्योगबाट कुनैपनि नदीमा केमिकलयुक्त पदार्थ नबगाएको दोहोर्याए।

भागेश्वर सुगर एण्ड केमिकल प्रालिका महाप्रबन्धक द्वारिकानाथ पाण्डेय उद्योगबाट निस्किएको पानीका कारण अन्नबाली नष्ट नभएको दाबी गर्छन्। उनले बिओडी र सिओडीको तोकिएको मापदण्डभित्रै पानी परीक्षणको रिर्पोट आएकाले उद्योगकै कारण अन्नबाली नष्ट नभएको र लेदोका कारण अन्नबाली नष्ट भएको प्रष्ट पारे।

भागेश्वर सुगर एण्ड केमिकल प्रालिका लेखा अधिकृत प्रकाश भट्टले उद्योगबिरुद्धमा केही मान्छेले स्थानीय किसानलाई भड्काएको बताए। यस क्षेत्रको कृषि विकासमा अघि बढिरहेको उद्योग धरासायी बनाउने काम भइरहेको उनको आरोप छ। गत साउनमा सिमरी नदीमा आएको वाढीपछि उक्त क्षेत्रका झण्डै साढे तीन सयभन्दा बढि विघा जमिनको धान तथा उखु खेती नष्ट भएको छ।

ADD Khali jpg
Loading...