

धनगढी- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रवार राति १० बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।



प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जिल्लाको दोधारा चाँदनी नगरपालिका–६ मा दुर्घटना भएको हो। प्रहरीका अनुसार म १ प २४६८ नम्बरको मोटरसाइकल र से २ प १४५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको बताएको छ।


उक्त दुर्घटनामा परेर सोही ठाउँका २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्। घाइतेको अहिले भारतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।





