


कञ्चनपुर- कञ्चनपुरमा झण्डै एक लाखका सामान बरामद गरिएको छ । जिल्लाको विभिन्न स्थानबाट ९३ हजार चार सय मूल्य बराबरका सामान सोमबार साँझ बरामद गरेको हो।


भिमदत्त नगरपालिका–४ बसपार्कबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १९ हजार मूल्य बराबरको धोती, लेडिज सुट लगायतका सामानहरू र पुनर्वास नगरपालिका–११ भिमबस्ती,डोके बजारबाट अन्दाजी ७४ हजार चार सय मूल्य बराबरको रेडिमेट सुट, धोती, गाडीको प्लेट लगायतका सामान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो ।





