कैलालीमा लागुऔषधसहित चार जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का तीन र गोदावरी नगरपालिका वडा नम्बर ९ एक गरेर चार जना पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार धनगढीका २९ वर्षीय विषेश गिरीसहित तीन जना र सेहरीका ३५ वर्षीय हरिद्धवार राना बिहिवार पक्राउ परेका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्रिनगर व्यारेल नजिकबाट २६ ट्याब्लेट स्पास रकोरेक्स १ बोतलअबैध लागू औषधसहित गिरीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगरको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

यस्तै, जिल्ला गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीबाट १ ग्राम १९० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित राना पक्राउ परेका हुन।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्दान जारी रहेको प्रदेश प्रहरीले बताएको छ।

Loading...