बैतडीमा सशस्त्रका हवल्दारलाई ठक्कर दिने बस र चालक नियन्त्रण

बैतडी- बैतडीमा सशस्त्र प्रहरी हवल्दारलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ हरिचन मोडमा गएराति १ बजेतिर बसले ठक्कर दिँदा पाटन–८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको थियो।

Ganyapdhura gau
Dadeldhura hospital

उनी सशस्त्र प्रहरी बाजुरमा हवलदार पदमा कार्यरत रहेका थिए। बाजुराबाट घर आइरहेका महरा खोड्पेमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

Navadurga sun
Godawari sandesh

धनगढीबाट दार्चुलातर्फ गएको बसले महरालाई ठक्कर दिएको थियो। बस र बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका१ घर भएका जनकराज गिरीलाई खोचलेकबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Couple
Loading...