कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा लागू औषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका१० ब्यारेल स्थित चेक पोईन्टबाट २।५५ ग्राम लागू औषधसहित भीमदत्त नगरपालिका १९ का ३२ वर्षीय रामकिशन राना मंगलबार साँझ पक्राउ परेका हुन्।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाको साथमा रहेको साइकलको बाँया याण्डिलको प्वाल भित्र लुकाई राखेको लागू औषध फेला पारि पक्राउ गरेका बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...