गोदावरी नगरपालिकाले १ अर्ब १८ करोड ७१ लाख बढी बजेट प्रस्तुत (नीति तथा कार्यक्रम सहित)





अत्तरिया, १० असार- कैलालीको गोदावरी नगरपालिकाले आर्थीक वर्ष २०७८/०७९ का लागी १ अर्ब १८ करोड बढीको बजेट प्रस्तुत गरिएको छ । आज (बिहीबार) नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट सातौ नगर सभामा पेश गरेको हो ।





नगरसभामा नगरउपप्रमुख रत्ना कडायतले आर्थिक वर्ष २०७८/०७९ का लागी कुल १ अर्व १८ करोड ७१ लाख ५७ हजारको बजेट पेश गरेकी छिन् । चालुतर्फ ६६ करोड २२ लाख ९७ हजार रुपैयाँ र पुँजीगत तर्फ ५२ करोड ४८ लाख ६० हजार रुपैयाँ रहेको छ ।

नगरपालिकाले संघिय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट २० करोड ३५ लाख, सशर्त अनुदानबाट ३८ करोड ५ लाख, राजश्व बाँडफाडँबाट १४ करोड, ३३ लाख ८१ हजार र विशेष अनुदानबाट १ करोड बजेट अनुमान गरिएको छ ।


त्यसैगरी प्रदेश सरकारबाट बाँडफाँड हुने वित्तिय समानीकरण अनुदान रु. १ करोड ५१ लाख ३५ हजार, प्रदेशबाट बाँडफाँड हुने राजश्वबाट रु. ५ करोड १० लाख ९९ हजार, आन्तरिक आयबाट रु. ११ करोड ८५ लाख ४२ हजार ५ सय र संचित कोषको मौज्दातबाट रु. २६ करोड ४९ लाख ९९ हजार ५ सय प्राप्त हुने गरि बजेट अनुमान गरिएको छ ।

आज देखी शुरु भएको नगर सभामा गोदावरी नगरपालिका नगर प्रमुख हरि सिं साउँदले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए भने कार्यक्रममा सहिदहरुको सम्झना समेत गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले आगामी आर्थीक बर्ष २०७८ /०७९ को निती तथा कार्यक्रम प्रस्तुत गरेकी छन । कार्यक्रममा नगरसभाका सबै सदस्यहरुको सहभागीता रहेको छ ।
गोदावरी नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम :
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”3551″ /]



