१ वर्षकी शिशुलाई उखुबारीमा बाँधेर फरार भएकी महिला पक्राउ

धनगढी- एक वर्षकी छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी २७ वर्षीया शर्मिला चौधरी पक्राउ परेकी छन्। प्रहरीले बेलडाँडी गाउँपालिका ३ बैवाहाबाट उनलाई पक्राउ गरेको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका २ अमरैया माइतीघरमै बस्दै आएकी २७ वर्षीया शर्मिला चौधरीलाई प्रहरीले शनिबार बेलडाँडी गाउँपालिका ३ बैवाहाबाट पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh

शुक्रबार बिहानै दुधे शिशुलाई बेलौरी नगरपालिका ७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर शर्मिला परपुरुषसँग भाग्न लागेकी थिइन्।उखुबारीमा हात बाँधेर छोडेकी शिशु रुन थालेपछि स्थानीय महिला सन्तोषी चौधरीले बच्चा कराएको सुनेपछि प्रहरीलाई खबर गरेका थिइन्। शुक्रबारै प्रहरीले बालकका मामाघरका आफन्तलाई शिशु जिम्मा लगाएको थियो।

Dadeldhura hospital

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शर्मिलाले तेस्रो विवाह गर्नका लागि शिशुलाई छोडेको खुलेको छ। शर्मिलाको शिशु र ६ वर्षको अर्को सन्तान रहेको प्रहरीले जनाएको छ।

बालकलाई प्रहरीबाट मामाघरकी हजुरआमाले बुझेर लगेको बेलडाँडीका इन्चार्ज प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरले बताए। शर्मिलाले यसअघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी विवाह गरेकी थिइन्। केही समय विवाहित जीवन राम्रो चले पनि पछि अजयलाई छोडेर उनले बैलौरीकै सुन्दर चौधरीसँग भागी विवाह गरेकी थिइन्।

शर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो भन्ने पहिचान नभएपछि श्रीमान सुन्दर चौधरीसँग विवाद भएपछि शर्मिला बेलडाँडी ३ वैवाहका प्रेम डगौरासँग भाग्न लागेकी थिइन्।

शिशुका कारण श्रीमानसँग रातदिन झैझगडा हुन थालेपछि उनी सामाजिक सञ्जाल फेसबुकमार्फत वैवाहका प्रेम डगौरासँग भागेर विवाह गर्न लागेकी थिइन्। शर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

उता आफ्नै कोखबाट जन्मिएको बच्चालाई यसरी शिशुलाई अमानवीय रूपमा उखुबारीमा छाडेर परपुरुषसँग भाग्ने महिलामाथि कानुनी कारबाहीको माग स्थानीयले गरेका छन्।

Loading...