कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ

Dadeldhura hospital

धनगढी- कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४ बाट २३० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय सञ्जु राना रहेका छन्। बिहिवार साँझ उनलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी हरेको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...