दोधाराचाँदनीमा सुक्खा बन्दरगाह बनाउन भारतीय सहयोग रहन्छ : राजदूत श्रीवास्तव

कञ्चनपुर- नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा बन्ने सुक्खा बन्दरगाह बनाउन भारतको सहयोग रहने बताएका छन्।

सोमबार बिहान दोधाराचाँदनीमा सुक्खा बन्दरगाह बन्ने क्षेत्रको स्थलगत अनुगमन गर्दै राजदुत श्रीवास्तले बन्दरगाह समयमै बन्ने विश्वास व्यक्त गरे। उनले सुक्खा बन्दरगाह निर्माणमा भारतले सहयोग गर्ने बताउँदै उक्त बन्दरगाह निर्माण भए दुवै देशलाई फाइदा हुने उल्लेख गरे।

Navadurga sun

स्थलगत अनुगमनका क्रममा पूर्वमन्त्री एवं नेपाल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणको कार्यविधि बनिसकेको उल्लेख गर्दै काम शिघ्र हुने बताए।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले नेपाल–भारत दुवै देशका व्यापार वृद्धिका लागि सुक्खा बन्दरगाह बनाउन आवश्यक रहेको औंल्याए। दोधाराचाँदनी नगरका मेयर किशोर लिम्बुले समयमै सुक्खा बन्दरगाह निर्माण गराउन केन्द्रीय सरकार गम्भिर हुनुपर्ने बताए।

महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण कार्य अन्तिम चरणमा रहेका बेला बन्दरगाह निर्माण कार्य समेत शिघ्र गर्नुपर्नेमा उनको जोड थियो। जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले समेत सुक्खा बन्दरगाह निर्माण कार्य समयमै गर्नुपर्ने बताए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...