सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा चन्द

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा डा। राजवीर चन्द निर्वाचित भएका छन्। चन्दसहितका पदाधिकारी सदस्य एकल संक्रमणीय चुनावी प्रणालीबाट निर्वाचित भएका हुन्।

उपसभापतिमा महेन्द्रबहादुर चन्द, महासचिवमा मानबहादुर चन्द, सचिव ईश्वरकुमार हमाल, कोषाध्यक्ष गिरिराज कठायत तथा सदस्यहरुमा दानबहादुर मडै, केशवबहादुर थापा, धाना धामी, धनसिंह धामी, राजेन्द्रप्रसाद जोशी, ईसा जोशी र धनसिंह विष्ट रहेका छन्। ११ पदका लागि १३ जनाले उम्मेदवारी दिएका थिए।

Navadurga sun

प्राध्यापक संघमा नेकपा एकीकृत समाजवादी निकट १, नेकपा माओवादी केन्द्र निकट २ र नेकपा एमाले निकट ३ तथा नेपाली कांग्रेस निकट ५ जना प्राध्यापक निर्वाचित भएका छन्। उक्त ११ जनाको टिमले पदाधिकारी चयन गरेको हो।

 

ADD Khali jpg
Loading...