अत्तरिया- सुदूरपश्चिम प्रदेश सभाका पूर्व सांसद कृष्णराज सुबेदीले गोदावरीबाट राजधानी सार्ने कुरा यँहाका जनताको लागी स्विकार्य नहुने बताएका छन । पूर्वबर्ती दुई तिहाईको सरकारले बहुमतका साथ घोषणा गरेको राजधानीको बिषयमा अहिलेको सरकारले बिबाद निम्त्याउन खोजेको उनले आरोप लगाए ।



आइतबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले गोदावरीबाट राजधानी अन्त्यन्त्र सारिए जनातालाई सडकमा उत्राने चेतावनी समेत दिए ।



‘हाम्रो पालामा सरकारले घोषणा गरेको राजधानी कार्यन्वयन गर्नुको साटो अहिले सार्ने कुरा गर्दै छैन । बरु बनको जग्गाको भोकाधिकार लिए हुन्छ नि ।’ सुबेदीले भने, ‘अहिले त केन्द्र प्रदेशमा गठबन्धन कै सरकार छ त कसले रोकेको छ ? प्रदेश सभाले घोषणा गरेको ठाउँमा राजधानी एक हुनुपर्छ, दुई हुनुपर्छ यसमा कसैले तलमाथी गर्न पाउँदैन ।’
सुबेदीले राजधानी अन्यत्र सार्न खोजे मुख्यमन्त्रीलाई गोदावरी प्रबेश निशेध गराउने समेत चेतावनी दिए । नेकपा एमालेका प्रदेश सदस्य समेत रहेका सुबेदीले अहिलेको प्रदेश सरकार असफल भएको समेत दाबी गरे । राजधानीको बिषयलाई अगाडी सारेर गेटामा स्वास्थ्य विश्वबिद्यालयलाई समेत नबनाउने अहिलेको सरकारले चलखेल गर्न खोजेको सुबेदीको तर्क छ ।
केही दिन अघि सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले प्रदेशको राजधानी गोदावरीमा बन्न नसख्ने तर्क गरेका थिए । उनले अब बिकल्पमा जानुपर्ने बताएका थिए । तत्कालीन प्रदेश सभाको १२ असोज २०७५ को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने तेघरी क्षेत्रमा बनाउने निणर्य गरे पनि अझै कार्यान्वयनमा आएको छैन ।




