कैलालीमा एक किशोरमाथि सामूहिक कुटपिट, संलग्न चार जना पक्राउ

धनगढी- कैलालीमा एक किशोरमाथि सामूहिक कुटपिट भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ का १७ वर्षीय प्रविन शाहीलाई सोही ठाउँका किशोरहरूको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मात्रै पीडित परिवारले घटना बारे जानकारी पाएका हुन्

। प्रविनले घर र साथीहरूसँग कुटपिट भएको बारेमा भनेका थिएनन्। भदौ १९ गते शाहीलाई किशोरहरूले जंगलमा लगेर कुटपिट गरेका थिए। किशोरहरूको समूहले कुटपिट गरेको भिडियो अहिले भाइरल भएको हो।

Navadurga sun

प्रविनका बुवा खडकबहादुर शाहीले इलाका प्रहरी लम्कीमा शुक्रवार उजुरी दिएको आधारमा प्रहरीले चार जना किशोरलाई पक्राउ गरेको छ । उनीहरूको विरुद्धमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। उनीहरू नाबालक भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...