कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

Dadeldhura hospital

धनगढी- कञ्चनपुरबाट ४८ ग्राम लागुऔषध (खैरो हेरोईन) सहित एक युवक पक्राउ परेका छन्। सङ्घीय प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१० बस्ने २६ वर्षीय हिक्मत हमाललाई ४७ दशमलव ८५ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो।

हमाललाई प्रहरी नायब निरीक्षक प्रकाश कठायत नेतृत्वको टोलीले भारतबाट लागुऔषध ल्याइरहेको अवस्थामा बेलौरी नगरपालिका–९ को कलकत्ताबाट पक्राउ गरेको सङ्घीय प्रहरी इसाई महेन्द्रनगरले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...