बैतडीमा मेडिकल सञ्चालकविरुद्ध मुद्दा

बैतडी- दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता भएको छ। गाउँपालिका ६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

Ganyapdhura gau

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले भदौं १९ गते अनुगमनका क्रममा कार्कीले अवैधरूपमा सञ्चालन गरिरहेका फेला परेको थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अनुगमन टोलीले सोही दिन मेडिकल सिल गरेर उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। ‘मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाउपछि उनलाई नियन्त्रणमा लिएका छौँ’, खत्रीले भने, ‘मुद्दा दर्ता भएर अनुसन्धानका म्याद थप पनि भइसकेको छ।’

त्यही दिन अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल समेत गरेको थियो।

मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएको जनाइएको छ।

Couple
Loading...