कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ

धनगढी- कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ बाट सुन्य दशमलव ०१५ ग्राम लागुऔषधसहित चार जना पक्राउ परेका हुन्।

Dadeldhura hospital

प्रदेश प्रहरीका अनुसार पक्राउ पर्नेमा डोटीको पूर्वी चौकी गाउँपालिका वडा नम्बर ५ का २७ वर्षिय केशु साहु, डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ७ का २८ वर्षिय बलबहादुर बुढा क्षेत्री, कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का २६ वर्षिय नविन भट्ट र सोही ठाउँका ३० वर्षिय सिद्धराज पनेरु रहेका छन्।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी हरेको प्रहरीले बताएको छ।

Loading...