पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- आज बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। दिउँसो र राति पनि यी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

मौसमविद् गोविन्द झाका अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, अन्य क्षेत्रका एकरदुई ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा हुने उनले बताए ।

Navadurga sun
Godawari sandesh

काठमाण्डौमा पनि दिउँसो पानी पर्ने अनुमान छ । तर, आज लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् झाले बताए । उनका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली छ।

Loading...