कञ्चनपुरमा लेखापाल कुटेको आरोपमा चार जना पक्राउ, चार फरार

 

धनगढी- कञ्चनपुरमा विद्यालयका लेखापाललाई कुटपिटको आरोप लागेका आठ मध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा विद्यालयका लेखापाललाई कुटपिट गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीका अनुसार किटानी परेकामध्ये चार जना पक्राउ परेका छन्। किटानी जाहेरीमा नाम उल्लेख भएका स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए।

Navadurga sun

कुटपिटमा संलग्न करन मल्ल, मनिष विष्ट, मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिकाका वासिन्दा दीपक भण्डारी फरार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी डाँगीको भनाई छ।

आइतबार विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौनदुर्व्यवहार गरेको आरोप लागेपछि अभिभावक, स्थानीवासी र विद्यार्थी आन्दोलित भएका थिए।

आन्दोलितहरुको कुटपिटका कारण लेखापाल जोशी सख्त घाइते भएका छन्। उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार चलिरहेको छ । लेखापाल जोशीविरुद्ध पनि किटानी जाहेरी परेको छ। अहिले उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ।

ADD Khali jpg
Loading...