कञ्चनपुरमा अवैध रूपमा भित्र्याइएको दुई क्विन्टलभन्दा धेरै कुखुरा बरामद

कञ्चनपुर- सशस्त्र प्रहरी बलले सीमावर्ती कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रबाट अवैध रूपमा भित्र्याइएको कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी बल ३५ नम्बर गण मातहत रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको टोलीले अवैध कुखुरा बरामद गरेको हो।

Dadeldhura hospital

बिहीबार बिहान दोधाराचाँदनी– ७ कञ्चनभोजमा भारतबाट नेपालतिर तस्करी भइरहेको अवस्थामा दुई क्विन्टल १५ किलो ब्रोइलर कुखुरा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति प्रेमबहादुर रावलले भारतबाट नेपालतर्फ तस्करी भइरहेको अवस्थामा ब्रोइलर कुखुरा बरामद गरेर नष्ट गरिएको बताए।

उनका अनुसार सात महिनाको अवधिमा भारतबाट अवैध रूपमा भित्रिन लागेको चार हजार आठ सय ३५ किलो अवैध कुखुरा बरामद गरेर नष्ट गरिएको छ।

 

Loading...