बेलौरीबाट लागुऔषधसहित दुई जना पक्राउ

Dadeldhura hospital

महेन्द्रनगर- कञ्चनपुरको बेलौरीबाट लागुऔषध (खैरो हेरोइन) सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बुधबार प्रहरी चौकी भुडा र इलाका प्रहरी कार्यालय बेलडाडीबाट खटिएको प्रहरी टोलिले बेलौरी नगरपालिका–१० दिपाघाटबाट ५.११ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ बस्ने ३० वर्षीय सन्जिव भण्डारी र सोही ठाउँका २३ वर्षीय विदेक साउँद रहेका छन्।

Loading...