छ वर्ष बित्दा पनि दैजी–बुडर सडक अधुरै

महेन्द्रनगर- सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको विकल्पका रूपमा निर्माण भइरहेको दैजी–जोगबुडा–बुडर सडकखण्डको निर्माण सुरु भएको छ वर्ष बित्दा पनि अधुरो रहेको छ। यस सडकखण्डको ३८ किलोमिटरमध्ये २८।५ किलोमिटर कालोपत्रेका लागि राजेन्द्र निर्माण सेवा र नागार्जुन निर्माण कम्पनीलाई छुट्टाछुट्टै ठेक्का दिइएको छ।

Ganyapdhura gau

त्यस्तै २८.५ किलोमिटर सडकखण्डमध्ये कञ्चनपुरको छेलादेखि लिपनासम्म १७ किलोमिटर खण्ड कालोपत्रे गर्न नागार्जुन निर्माण कम्पनीले २०७६ वैशाख ७ मा पूरा गर्ने गरेर २०७४ वैशाख ८ गते सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग सम्झौता गरेको थियो। कुल १६ करोड ३६ लाख ५३ हजार रुपियाँमा दुई वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीले विभिन्न बहानामा म्याद थप गर्दै आर्थिक वर्ष २०७९र८० सम्म पु(याउँदा पनि काम अलपत्र छ।

Navadurga sun
Godawari sandesh

सडक कार्यालयले सम्झौता गरे पनि २०७७ सालमा प्रदेशमार्फत पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले छेलादेखि लिपनासम्म १७ किलोमिटर कालोपत्रे गराउने जिम्मा पाएको थियो। हालसम्म तीन पटक म्याद थप गरिए पनि अझै काम अधुरो देखिन्छ। “आव २०७९र८० सम्म म्याद थियो, ठेकेदार कम्पनीले काम पूरा गर्न सकेन, अब म्याद थप होला। सरकारले सबै ठेक्काको हकमा एकमुष्ट निर्णय गर्छ,” पूर्वाधार विकास कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख धीरेन्द्र भट्टले भने।

Dadeldhura hospital

“दुई वर्ष कोरोना र एक वर्ष आर्थिक मन्दी तथा महँगीका कारण कामले गति लिएन, यस वर्ष काम भएको छ। पहिरोका कारण अवरुद्ध बाटो पनि खुलाउने काम भइरहेको छ। केही दिनमै सडक सञ्चालनमा आउँछ,” उनले थपे । पूर्वपश्चिम राजमार्गको दैजीदेखि कञ्चनुरको सिमाना लिपनासम्म सडकको लम्बाइ २२ किलोमिटर छ। दैजी–छेला पाँच किलेमिटर सडक बनेको छ। बाँकी १७ किलोमिटरमा चार किलोमिटरमा स्पर बनाउनेबाहेक अरू काम भएको छैन।

त्यस्तै १३ किलोमिटर बाटो चौडा गर्नुका साथै नौ किलोमिटर सडक कालोपत्रेसमेत पूरा गरिएको सूचना अधिकारी हेमराज भट्टले बताए । “बाटो चौडा गरेर कालोपत्रे गर्ने कार्य भइरहेको छ। अहिले पनि वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न सकिन्छ। पहिरो जाँदा समस्या भएको हो, हटाउने काम भइरहेको छ। दुईरचार दिनमा बाटो प्रयोगमा ल्याउन मिल्छ,” सूचना अधिकारी भट्टले भने।

निर्माण कम्पनीले भने २०७६ चैतदेखिको विश्वव्यापी महामारी कोरोना तथा निर्माण सामग्रीको मूल्यवृद्धिसँगै आर्थिक सङ्कटका कारण निर्माण ढिलो भएको जनाएको छ। गत सोमबारदेखि सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि सातवटै जिल्लाका बासिन्दाले दैनिक उपभोग्य सामाग्रीको अभाव भोगिरहेका छन्।

त्यसको वैकल्पिक मार्गका रूपमा दैजी–जोगबुडा–बुडर सडकको दैजी–जोगबुडा सडकखण्ड सञ्चालनका लागि सडक मर्मत थालिएको हो। भौतिक पूर्वाधार मन्त्रालयको निर्देशनपछि बाटोमा पहिरो हटाउने काम सुरु गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी भट्टले बताए । अहिले कञ्चनपुर जिल्लातर्फको सडकखण्डमा सडक स्तरोन्नति गर्ने कार्य चलेको छ। डडेलधुरा जिल्लाको भित्री मधेशबाट कामविशेषले कञ्चनपुर आउनु पर्दा घण्टौँ लगाएर हिँडेरै आउजाउ गर्नुपर्ने र दैनिक उपभोग्य सामान लानु पर्दा सास्ती भोग्नु परेको स्थानीयले बताएका छन्। गोरखापत्रबाट

Loading...