पुनर्वासमा एक महिला मृत फेला

महेन्द्रनगर- कञ्चनपुरको पुनर्वासमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मङ्गलवार बिहान पुनर्वास नगरपालिका–३ मा सोही ठाउँ बस्ने अन्दाजी २५/२६ वर्षकी लक्ष्मी घर्ती मगर सडकमा मृत फेला परेको प्रहरीले जनाएको छ।

Dadeldhura hospital

बिहानै स्थानीयले महिलाको शव सडकमा देखेपछि नजिकै रहेको अस्थायी प्रहरी पोस्टमा खबर गरेका थिए । प्रहरीका अनुसार मृत फेला परेकी घर्ती मगर ‘ग’ गाउँस्थित मावली घरमा जान्छु भनी सोमवार साँझ घरबाट निस्केकी थिइन ।

Navadurga sun
Godawari sandesh

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । मृत फेला परेकी लक्ष्मीको बाहिरी शरीरमा चोट देखिएको छैन ।

सेती प्रादेशिक अस्पताल धनगढीमा पोस्टमार्टमको लागि शव लगिएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

Loading...