आरक्षपीडित र भूमिहीनको समस्या समाधानमा गम्भीर छु : परराष्ट्र मन्त्री साउद

कञ्चनपुर- परराष्ट्रमन्त्री एनपी साउदले आरक्षपीडित र भूमिहीनको समस्या समाधानमा आफूले गम्भीर भएर काम गरिरहेको दाबी गरेका छन्। नेपाली कांग्रेसको कृष्णपुर नगर सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री साउदले आफूले प्रतबद्धता गरे अनुसार आरक्षपीडित र भूमिहीनको समस्या समाधानको लागि काम गरिरहेको बताएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले राज्यले विभिन्न समयमा आरक्षपीडित र भूमिहीनको समस्या समाधानका नाममा ३१ वटा आयोग गठन गरेको पनि बताए।

Navadurga sun

उनले भने, ‘विभिन्न समयमा अयोगहरु बने र अरबौं रूपमा खर्च भए पनि समस्या जस्ताको त्यस्तै भएकाले मैले ३२औं पटक आयोग गठन गर्नु नपर्ने गरी प्रधानमन्त्रीसँग गम्भीरताका साथ कुरा गरेको छु। त्यस्तै भूमिसुधार मन्त्री र बन मन्त्रीसँग पटकपटक छलफल गरेको छु।’

गृहजिल्ला कञ्चनपुर पुगेका मन्त्री साउदले एक फरक प्रसंगमा नेपाली कांग्रेसका कार्यकर्ता इमानदार बने नेपाली कांग्रेससँग एक्लै चुनाव लड्ने हिम्मत कसैले गर्न नसक्ने पनि बताएका छन्।

उनले थपे, ‘पार्टीले इमानदार सिपाही ठानेर टिकट दिएको र जनताले क्षमता देखेर जिताएकाले काम गर्न कन्जुस्याइँ गर्नुहुँदैन।’

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...