फोहोर व्यवस्थापन नगरेको भन्दै स्थानिय बासिन्दाहरु विरोधमा उत्रिए

हरिश चन्द/डडेल्धुरा- अमरगढी नगरपालिकाले फोहोर व्यवस्थापन नगरेको भन्दै स्थानिय बासिन्दाहरु विरोधमा मालमका स्थानिय वासिन्दाहरु विरोधमा उत्रीएका छन् ।

नगरपालिकाले नगर भरिको फोहोर उठाएर अमरगढी वार्ड नं १ को मालममको हुलाक लगेर फाल्दै आएको थियो । सोमवार बिहान नगर भरिको फोहोर उठाएर फोहोर फाल्न गएको गाडिलाई फर्काएर स्थानिय वासिन्दाले विरोध गरेका हुन ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अईतवार वार्ड नं १ का वासिन्दाहरुले उक्त स्थानको फोहोर व्यवस्थापन गर्नु पर्ने माग सहित नगरपालिकाका प्रमुख डिल्लिराज जोशीलाई ज्ञापन पत्र बुझाएका थिए ।

पटक पटक फोहोर व्यवस्थापन गर्न माग गर्दा समेत नगरले चासो नदिएको स्थानिय युवा को भनाई रहेको छ । उक्त स्थानमा फोहोर फाल्दा मालम वार्ड नं १ को ६०० घर धुरीलाई असर गरिरहेको स्थानिय भिम दियालले बताए ।

उक्त स्थानको फोहोर व्यवस्थापन नभएपछी आज स्थानिय युवाहरुको अगुवाईमा नगरपालिकाको फोहोर फाल्ने गाडिलाई युवाहरु मिलि फर्काईएको छ । आन्दोलित स्थानिय वासिन्दाले लामो तथा छोटो दुरिमा संञ्चालित गाडिहरुलाई पनि चक्का जाम गरेको छ ।

उक्त फोहोर फाल्ने स्थानमा मालमवार्ड नं १ लाई पिकनिक स्थान बनाउने उद्देश्य रहेको छ । स्थानिय युवाहरुले उक्त फोहोर फाल्ने गरेका कारण फोहोर पानी मा मिसिएर स्थानियहरुलाई प्रत्यक्ष असर गरेको बताएका छन ।

Loading...