बैतडीमा ‘बेवारिसे’ अवस्थाको ७ तोला सुन बरामद

बैतडी- बैतडीको पाटन नगरपालिका–८ खोडपेमा बेवारिसे अवस्थाको सुन फेला परको छ। आइतबार दिउँसो काठमाडौंबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केहि सामाग्रीमा सुन फेला परेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ। पाटन–८ का एक स्थानीयका आफन्तले काठमाडौंबाट औषधि पठाएको बुझिएको छ। त्यो औषधि भनिएको वस्तुमध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि इन्ट्री पोष्टमै राखेका थिए। प्रहरीलाई शंका लागेपछि बरामद गरेर सुरक्षित राखेको छ।

Navadurga sun
Godawari sandesh

इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमलप्रसाद चौधरीको नेतृत्वमा खटिएको टोलीले सुन बरामद गर्दै इलाका प्रहरी कार्यालय पाटनमा लगिएको हो।

८३ ग्राम ५२० मिलिग्राम (करिब ७ तोला अढाइ आना) परिमाणको सुन भेटिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। उनले बील नभएको पाइएपछि बरामद गरेर सुरक्षित राखिएको बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading...