कञ्चनपुरका कुवेरको हत्या, भान्जा र भतिज पक्राउ

 कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट हत्या आरोपमा दुई युवक पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका- २ वाणीका ३५ वर्षीय कुवेर दमाई (हले) को हत्या आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो।

Ganyapdhura gau

पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय अजय दमाई र २८ वर्षीय हरिश दमाई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए।

Navadurga sun
Godawari sandesh

उनका अनुसार प्रारम्भिक सोधपुछका उनीहरूले अपराध स्वीकारेका छन्। हत्या आरोपित अजय मृतक कुवेरका भतिज र अर्का आरोपित हरिश भाञ्जा नाता पर्छन्।

Dadeldhura hospital

प्रहरीका अनुसार मृतक कुवेर मादक पदार्थ पिएर घरमा आमाबुबालाई दुःख दिने गरेको र सम्झाउने क्रममा विवाद हुँदा हत्या गरेको उनीहरूले स्वीकारेका छन्।

१५ साउन राति १० बजे कुवेरलाई सम्झाईबुझाई गर्न भनेर उनीहरूले बन्द नदीको किनारमा लगेका थिए। त्यहाँ तीनै जनाले मादक पदार्थ पनि पिएको आरोपितहरूले प्रहरीसमक्ष बयान दिएका छन्।

त्यस क्रममा सम्झाईबुझाई गर्दा विवाद भएको र हात, ढुंगाले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि घटना लुकाउन त्यही ठाउँमा खाल्डो खनेर शव गाडेको उनीहरूले बताएका छन्।

प्रहरीका अनुसार आरोपितले भनेअनुसार घटनास्थलबाट करिब ५० मिटर पर चप्पल र सर्ट बरामद गरिएको छ। साउन १५ देखि बेपत्ता कुवेरको शव शुक्रबार घरनजिकै खाल्डोमा भेटिएको थियो।

Loading...