आगामी आर्थिक वर्षका लागी उत्पादन मूलक बजेट ल्याएका छौँ : मन्त्री शाह





अत्तरिया, २ असार– आगामी आर्थिक वर्षका लागी ल्याइएको बजेट उत्पालनमुखी रकेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले बताएका छन् ।



बुधवार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री शाहले पहिलो चौमासिकबाटै बजेट कार्यान्वयनको चरणमा जाने दाबी गरे । ‘हामीले छोटो अवधिमा उत्पादनमुखी बजेट ल्याएका छौँ,मन्त्री शाहले भने,‘सबै क्षेत्रलाई समेटेर जनतामुखी बजेट ल्याएका हौँ।’


मन्त्री शाहले कोरोना महामारीका कारण अर्थतन्त्र चलायमान बन्न नसक्दा चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट ३ अर्ब कम रहेको बताए । ‘बजेट चालु वर्ष भन्दा कम रहे पनि आगामी बर्षमा हामी बजेट कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेका छौँ’,मन्त्री शाहले भने । प्रदेश सरकारले मंगलबार मात्र ३० अर्व बढीको बजेट ल्याएको थियो ।



