कैलालीमा आँखा पाक्ने समस्‍या बढेपछि विद्यालय बिदा

धनगढी- कैलालीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालयमा बिदा दिन थालिएको छ। विद्यार्थीमा सङ्क्रमण बढ्न थालेकाले विद्यालयमा केही दिन बिदा दिन थालिएको हो।

यसै क्रममा लम्कीचुहा नगरपालिकामा रहेका प्याब्सन र एनप्याब्सन आवद्ध विद्यालयहरुमा तीन दिन बिदा गरिएको छ। प्याब्सन र एनप्याब्सनको आज बसेको संयुक्त बैठकले साउन १७ देखि १९ गतेसम्म विद्यालयमा बिदा गर्ने निर्णय गरेको हो।

Navadurga sun
Godawari sandesh

आँखा पाक्ने रोगबाट कतिपय विद्यार्थी, शिक्षक, शिक्षिका तथा अन्य कर्मचारी सङ्क्रमित भइ अवस्था असहज बनेको जनाइएको छ। अरु विद्यार्थी, शिक्षक तथा कर्मचारीमा सङ्क्रमण फैलिन नदिन विद्यालयमा बिदा दिने निर्णय गरेको प्याब्सन लम्कीका सचिव भूपेन्द्र तिमिल्सेनाले जानकारी दिए ।

Dadeldhura hospital

आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि धनगढीका केही विद्यालयले पनि बिदा दिएका छन्। कैलाली, कञ्चनपुरमा अहिले यो रोगको प्रकोप व्यापक छ। भाइरल कन्जंक्टिभाइटिसका कारण स्वास्थ्य संस्थामा आँखा उपचार गराउनेको सङ्ख्या बढ्दो छ।

यसैगरी, स्वास्थ्य संस्थामा आँखामा हाल्ने औषधिकोसमेत अभाव देखिन थालेको छ। औषधिको माग धान्न धौ धौ भएको धनगढीस्थित आँखा उपचार केन्द्रका प्रविण चौधरीले बताए । उनले दैनिक संयौं सङ्ख्यामा मान्छे औषधि र चश्मा लिन आउने गरेको जानकारी दिए ।

भाइरल कन्जंक्टिभाइटिसको सङ्क्रमण भएमा आँखाबाट आँशु बग्ने, बिहान उठ्दा आँखाको ढकनी पुरै टाँसिने, आँखा खोल्न गाह्रो हुने, घाममा हेर्न वा बस्न गाह्रो हुने, आँखा पोल्ने, आँखा बिझाउने, आँखाको ढकनी सुन्निने, चिलाउने र जलन हुने जस्ता लक्षण देखा पर्दछ।

यो रोगको सङ्क्रमणबाट जोगिनका लागि सफा पानीले आँखा धुने, आँखा छुनुभन्दा अगाडि राम्रोसंग साबुन पानीले हात धुने, आँखा सम्बन्धी केही समस्या परेमा तुरुन्त डाक्टरसंग परामर्श लिएर सोही अनुरुप औषधिको प्रयोग गर्नु पर्ने जनस्वास्थ्य निरीक्षक कुसुम चौधरीले बताए ।

Loading...