बैतडीमा एक बर्षमा चार सय २७ उद्योग दर्ता

बैतडी – बैतडीमा एक बर्षको अवधिमा चार सय २७ साना तथा मझौला उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय बैतडीका अनुसार गत आर्थिक बर्षमा चार सय २७ उद्योग दर्ता भएका हुन् ।

कृषि, वन, आटामिल, मसला, अचार लगायतका उद्योगहरु दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मणकुमार साउँदले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यस्तै वाणिज्यतर्फ १६३ पसलहरु दर्ता भएका छन् । जिल्लाभरी अहिले सम्म साना र मझौला गरेर चार हजार १४ उद्योग रहेका सूचना अधिकारी साउँदले बताए ।

घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगहरु नवीकरण पनि हुने गरेका छन् । दर्ता भएका सबै नभएपनि केही उद्योगहरु भने सञ्चालनमा रहेका बताइएको छ । यस्तै वाणिज्यतर्फ जिल्लाभरी तीन हजार २०६ फर्म दर्ता रहेका सूचना अधिकारी साउँदले बताए ।

जिल्लामा दर्ता भएका उद्योगहरुबाट एक हजार ५१ जनाले प्रत्यक्ष रोजगारी पाएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख अम्बादत्त जोशीले बताए । उद्योगीहरुको क्षमता अभिवृद्धिका लागि कार्यालयले उद्यमी तालिमहरु समेत प्रदान गर्दै आएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक बर्ष २०७५/७६ देखि आर्थिक बर्ष २०७९÷८० सम्म एक हजार ३१५ जना उद्यमीलाई तालिम दिएको जनाएको छ । गत आर्थिक बर्षमा कार्यालयले १५ लाख २२ हजार १२५ रुपैंया राजस्व संकलन गरेको जनाइएको छ ।

Loading...