कञ्चनपुरमा ब्राउनसुगरसहित समातिएका प्रहरी जवानको जागिर चैट!

धनगढी- कञ्चनपुरमा लागु औषधसहित एक प्रहरी नै पक्राउ परे। हिजो शनिवारको दिन साँझ पुनर्वास नगरपालिका–१० दोदा पुलबाट एक सशस्त्र प्रहरीका जवान समातिएका थिए। नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) ले उनीसहित दुई जनालाई पक्राउ गरेको थियो।

Ganyapdhura gau
Dadeldhura hospital

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रिन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका थिए। प्रदिप दार्चुलाको दत्तुस्थित सशस्त्रको बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको थियो। अहिले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अगाडि बढाएको छ।

Navadurga sun
Godawari sandesh

उनीहरू सवार सु.प.प्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागु औषध (ब्राउन सुगर) फेला परेको थियो। प्रहरी नै यसरी लागु औषध मुद्दामा समातिएपछि उनको जागिर जाने भएको छ।

यता, सशस्त्र प्रहरीको नम्बर ७ वैद्यनाथ बाहिनी (सुदूरपश्चिमको मुख्यालय) का डिआइजी कुमार न्यौपानेले निज जवान बिदामा घर ९धनगढी० आएका बेला पक्राउ परेको जानकारी दिए। उनका अनुसार उनी पक्राउ परे लगत्तै स्वतः निलम्बित भैसकेका छन्। तर अदालतले सो मुद्दामा सफाइ दिएको अवस्थामा भने निलम्बन फुकुवा हुनसक्ने उनको भनाइ छ।

Loading...