कञ्चनपुरको दुई अर्ब १७ करोड बजेट ‘फ्रिज’

कञ्चनपुर- कञ्चनपुरमा पालिका, प्रदेश र सङ्घीय सरकारको गरी रु दुई अर्ब १७ करोड बढी बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा पुँजीगत तथा चालुतर्फको विभिन्न शीर्षकमा आएको बजेटमध्ये रु दुई अर्ब १७ करोड ९२ लाख फ्रिज भएको हो ।

Ganyapdhura gau

जिल्लाका विभिन्न सरकारी कार्यालयले चालु तथा पुँजीगत बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज गर्नुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । प्रदेश लेखा एकाइ कार्यालय कञ्चनपुरका अनुसार प्रदेशका १९ वटा कार्यालयको रु एक अर्ब पाँच करोड नौ लाख फ्रिज गएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यसैगरी कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका अनुसार पालिका र सङ्घीय कार्यालयको रु एक अर्ब १७ करोड ३२ लाख फ्रिज भएको छ । प्रदेश लेखा एकाइ कार्यालयको तथ्याङ्कानुसार चालुतर्फ रु एक अर्ब २८ करोड ३४ लाखमध्ये रु एक अर्ब दुई करोड ३७ लाख खर्च भएको छ । पुँजीगततर्फ रु दुई अर्ब ३५ करोड ९७ लाखमध्ये रु एक अर्ब ६१ करोड २५ लाख खर्च भएको छ । चालुतर्फ रु २५ करोड ९७ लाख र पुँजीगततर्फ ७४ करोड ७१ लाख फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका सूचना अधिकारी विदाने जोशीका अनुसार सङ्घीय कार्यालयको जम्मा रु नौ अर्ब ७० करोड ६८ लाख २७ हजारमध्ये रु आठ अर्ब ८५ करोड १० हजार खर्च भएको छ भने रु ८५ करोड ५४ लाख १६ हजार बजेट फ्रिज भएको छ । त्यसैगरी यहाँका स्थानीय तहको कूल रु १४ अर्ब पाँच करोड ६० लाख ६३ हजार बजेटमध्ये रु १२ अर्ब ८८ करोड २७ लाख ७४ हजार बजेट फ्रिज भएको छ भने रु एक अर्ब १७ करोड ३२ लाख ८८ हजार बजेट फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका पूर्वप्रमुख विष्णुदत्त जोशीले बजेट खर्चको अख्तियारी ढिला आउनु र असारमा बजेट निकासा हुने प्रवृत्तिले विकास बजेटको ठूलो हिस्सा फ्रिज हुन नसकेको बताए । “अहिले विकास बजेट ११ प्रतिशतमात्रै खर्च भएको देखिन्छ यो धेरै न्यून हो”, उनले भने, “समयमा बजेट निकासा नहुँदा बजेट फ्रिज हुने गर्छ ।” उनले अर्थ मन्त्रालयबाट ढिलो गरी अख्तियारी आउने भएका कारण समयमा बजेट खर्च गर्न नसकिने बताए ।

Loading...