महेन्द्रनगरको मदनचोक बन्द

कञ्चनपुर- कञ्चनपुरस्थीत महेन्द्रनगरको मदन चोक बन्द गरिएको छ। स्थानीय व्यापारीहरूले महेन्द्रनगरको केन्द्र मदन चोकबाट राजमार्गतर्फ जाने बाटो बन्द गरेका छन् । महेन्द्रनगरको बजार क्षेत्रका अन्य सडकको निर्माण करिब पूरा भएपनि नगरको मुख्य चोक अलपत्र पारेको भन्दै बाटो बन्द गरेको उनीहरूले बताएका छन्।,

Ganyapdhura gau
Dadeldhura hospital

चोक अलपत्र बनेपछि पानी जम्ने, ढुङ्गा उछिट्टिने र ढुङ्गा उछिट्टिएर व्यापारीका सटरहरूमा लाग्ने समस्या हुने गरेको भुवन जोशीले बताए। त्यसपछि आफूहरूले बसपार्कतर्फ जाने बाटो बन्द गरिदिएको उनले बताए । आक्रोशित व्यापारीले बन्दको अवज्ञा गर्ने केही मोटरसाइकल चालकमाथि हातपात पनि गरेका छन्।

Navadurga sun
Godawari sandesh

भीमदत्त नगरपालिकाको ४ नम्बर वडाका अध्यक्ष सुशील भट्टले सडकका ढुङ्गा हटाउन गरेको अनुरोधको वास्ता नगरेपछि सडक नै बन्द गर्न बाध्य हुनुपरेको व्यापारीहरूको भनाई रहेको बताए । व्यापारीहरूले सडकमा डोरीको अवरोध लगाएर त्यसमा वडाध्यक्ष भट्टको फोटो टाँसेका छन्। सडकमा पानी जम्ने र ढुङ्गा उछिट्टिने समस्या समाधान नभएसम्म बाटो बन्द रहने व्यापारीले बताएका छन् ।

एसियाली विकास बैंक (एडिबी) सहयोगको सडक निर्माण आयोजनाले नगरका अन्य सडकको निर्माण लगभग गरिसके पनि मदन चोकलाई भने छोडेको छ । सडक निर्माणमा अवरोध बनेका भीमदत्त नगर विकास समितिको स्वामित्वका २२ सटर भत्काउन नगरपालिकाले आनाकानी गरेपछि एडिबीले मदन चोकलाई छोडेको बताइएको छ।

Loading...