महेन्द्रनगर- कञ्चनपुरको पुनर्वासबाट प्रहरीले अवैध लागू औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। मोटरसाइकलको हेल्मेटभित्र लुकाएर खैरो हेरोइन ओसारपसार गरिरहेका कैलालीको धनगढी उपमहानगरपालिका–११ बस्ने ३३ वर्षीय मान बहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो।



पुनर्वास नगरपालिका–५ सिमरीपुलस्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा रानाले चलाएको सु प प्र ०१–०११ प २२६ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा रानाले लगाएको हेल्मेटबााट खैरो खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।


इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डको खटिएको टोलीले ३ ग्राम खैरो हेरोइनसहित रानालाई पक्राउ गरेको थियो।