कञ्चनपुरको छोटी भन्सार कार्यालय जीवजन्तुको आश्रयस्थल बन्दै

कञ्चनपुर- बन्द रहेको कञ्चनपुरको बेलौरीस्थित छोटी भन्सार कार्यालयको उचित रेखदेख पुग्नसक्दा झाडीमा परिणत भई जीवजन्तुको वासस्थान र दुर्व्यसनीको आश्रयस्थल बन्न थालेको छ।

Ganyapdhura gau

कञ्चनपुर जिल्लाको पुरानो सदरमुकाम बेलौरी बजारको यो छोटी भन्सार कार्यालयको सञ्चालनको काम बन्द गरिएसँगै उचित रेखदेखको अभावमा जीवजन्तु र दुर्व्यसनीको आश्रयस्थल बन्न थालेको स्थानीयवासी केशवराज जोशीले बताए। सो कार्यालयले गर्ने काम झण्डै २६ किलोमिटरको दूरीमा रहेको कैलाली भन्सार कार्यालयबाट हुँदै आएको छ।

Navadurga sun
Godawari sandesh

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले सीमापारि भारतीय क्षेत्रमा भन्सार कार्यालय नहुँदा नेपालतर्फको भागमा भन्सार कार्यालय सञ्चालन गर्नुको अर्थ नहुने हुँदा बेलौरीस्थित छोटी भन्सार कार्यालय सञ्चालन बन्द गरिएको बताए । ‘बेलौरीको पारिको भारतीय नाकाबाट भारत सरकारले व्यापारिक गतिविधि गर्न बन्देज गरेको छ, सीमापारि भन्सार कार्यालय सञ्चालन भएको भए यता बेलौरीमा भन्सार कार्यालय सञ्चालन गर्न सकिन्थ्यो’, उनले भने।

Dadeldhura hospital

भन्सारको काम नहुने भएपछि बेलौरीमा रहेको कार्यालय भवन प्रयोगविहीन छ । प्रशासनिक र दूरीको दृष्टिले सो कार्यालयलाई विसं २०७५ देखि कैलाली भन्सारको मातहत ल्याइएको थियो । आफ्नै ठाउँको भन्सार कार्यालय बन्द भएपछि बेलौरी र आसपासका व्यापारीले कैलाली भन्सार कार्यालय वा गड्डाचौकी नाकाबाट मालसामानको आयात निर्यात गर्न बाध्य भइरहेका छन् ।

कार्यालयको रेखदेख गर्दै आएका एक कर्मचारीको अवकाश भएपछि सो कार्यालयमा हाल ताला लगाइएको छ । कार्यालय नहुँदा सो क्षेत्रमा अवैधरूपमा व्यापार हुन थालेको स्थानीयवासीको भनाइ छ ।

कार्यालय नजिकै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा कार्यालय सञ्चालनमा छ । यता कैलालीका सीमावर्ती क्षेत्रमा सञ्चालनमा रहेका छोटी भन्सार कार्यालय तत्कालीन समयमा सशस्त्र द्वन्द्व चर्केसँगै बन्द अवस्थामा छन् । कञ्चनपुर क्षेत्र नं १ (बेलौरी) क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित तारा लामा तामाङले बेलौरीमा छोटी भन्सार कार्यालय पुनःसञ्चालनका लागि प्रधानमन्त्री, अर्थमन्त्री, भन्सार विभागका प्रमुखसम्म कुरा पुर्‍याएको बताए। ‘कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीको बीचमा रहेको यति लामो सीमावर्ती क्षेत्रमा भन्सार कार्यालय सञ्चालन गर्दा दुवै देशलाई फाइदा पुग्थ्यो’, उनले भने, ‘यति लामो सीमामा भन्सार नहुँदा कतिपयले बाध्यताले मालसामानको चोरी निकासी गर्नुपरेको सुनिन्छ, व्यापारीलाई धनगढी वा महेन्द्रनगर पुगेर मालसामानको भन्सार काट्नुपर्दा ठूलो समस्या हुने गरेको छ ।’

सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित दिवानसिंह विष्टले भन्सार कार्यालय नहुँदा स्थानीय उद्योगी व्यापारीले दुःख झेलेको बताए। उनले भने, ‘भन्सार नहुँदा बढेको तस्करीले जनता र व्यापारीले दुःख पाएका छन्, राज्यको राजस्व संकलन कार्य पनि प्रभावित भइरहेको छ ।’ यो कार्यालय पुनःस्थापनाभन्दा पनि नयाँ प्रक्रियाबाट नयाँ छोटी भन्सार कार्यालय स्थापनाको पहल गरिने अश्वासन अर्थमन्त्रीले दिएको विष्टले बताए।

स्थानीयवासी दशकौँदेखि सञ्चालनमा रहेको भन्सार कार्यालय बन्द गरेर अस्तित्व मेटाउने काम गरिएको भन्दै चिन्तित छन् । स्थानीय केशवराज जोशीले बेलौरीमा भन्सार कार्यालय सञ्चालन गरिने आश्वासन ठूला राजनीतिक दलका नेताले दिएको लामो समय भइसक्दा पनि कार्यालय पुनःसञ्चालन नहुँदा समस्या भएको बताएकेही दिनअघि बेलौरीमा भएको भेलाले गरेको निर्णयबमोजिम स्थानीय उद्योगी व्यापारीले दबाबमूलक कार्यक्रम गरिरहेका छन् । छोटी भन्सार कार्यालयमा लगाइएको ताला खोलेर कार्यालय सञ्चालन गर्नुपर्ने र कार्यालयको स्तरोन्नतिका लागि आवश्यक काम गर्नुपर्नेलगायतका माग उनीहरूले राखेका छन् । रासस

 

Loading...